• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आइतवारसम्म लागू हुने गरी राजधानी लकडाउन

    2.2K
    SHARES



    काठमाडौँ। श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको राजधानी प्योङ्याङमा लकडाउन गरिएको छ । उत्तर कोरियाले आउँदो आइतवारसम्म लागू हुने गरी राजधानीमा लकडाउनको आदेश जारी गरेको हो ।

    प्योङ्याङका बासिन्दालाई घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारलाई उद्धृत गरी एनके न्युजले जनाएको छ ।

    बिरामीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका भए पनि कोरोना नभनेर रुघाखोकी तथा श्वासप्रश्वास समस्याका रुपमा उल्लेख गरिएको छ ।

    उत्तर कोरियाले गएको अगस्टमा कोरोना महामारीबाट मुक्त भएको घोषणा समेत गरेको थियो । कोरोनासम्बन्धी उत्तर कोरियाली तथ्याङ्क तथा महामारीलाई स्वास्थ्यका विज्ञ तथा विश्व स्वास्थ्य सङ्गठनले लामो समयदेखि प्रश्न गर्दै आएका छन् ।

    २ करोड ५० लाख जनसङ्ख्या भएको उत्तर कोरियामा नागरिकले कारोनाविरुद्धको खोप पाए-नपाएको पनि खुलेको छैन । तर चीनले भने केही मात्रा खोप पनि दिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया