• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी

    1.2K
    SHARES



    मकवानपुर। हेटाैँडामा रहेकाे नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ ।

    हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गाेदाममा गएराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीकाे अनुमान रहेको छ ।

    आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् भने आगलागीबाट भएकाे क्षतिबारे यकिन जानकारी आइ सकेको छैन ।

    गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि मात्रै निभाइएकाे थियाे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ