• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पूर्वसूचनामन्त्री पक्राउ

    591
    SHARES


    इस्लामाबाद। निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पाकिस्तानका पूर्वसूचनामन्त्री पक्राउ परेका छन्  । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगी थिए ।

    खान नेतृत्वको सरकारमा सूचना मन्त्री रहेका फवाद चौधरीलाई पूर्वी शहर लाहोरस्थित उनको घरबाट आज बिहान पक्राउ गरिएको हो ।

    चौधरीले मङ्गलबार गरेको टेलिभिजन टिप्पणीमा निर्वाचन आयोगका अधिकारी तथा तिनका परिवारलाई धम्की दिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    राजधानी इस्लामावादमा उनीविरुद्ध दायर गरिएको अभियोगमा राज्यको निर्वाचन प्रक्रियामा बाधा पुर्‍याउने प्रयास गरेकाले देशद्रोहको कानूनअन्तर्गत पक्राउ गरिएको उल्लेख छ ।

    गत एप्रिलमा खानको पार्टीले संसद्‌मा विश्वासको मत गुमाएपछि उनी सत्ताबाट बाहिरिएका थिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ