• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    झाडापखालाबाट ४ महिने सुत्केरी २२ वर्षीया अमृताको मृत्यु

    1.2K
    SHARES



    सल्यान। सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर बस्ने २२ वर्षीया अमृता विकको मृत्यु भएको हो ।

    सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि किनेर सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भएको मृतक महिलाको काका ससुरा तुलसी विकले बताए ।

    पहिला सामान्य जस्तो लागेकाले मेडिकलको औषधिको भर पर्दा समयमै अस्पताल पुर्‍याउन नसकेको उनले जनाए । झाडापखाला कसरी लाग्यो भन्नेबारे केही थाहा नभएको उनले उनले जानकारी गराए ।

    ‘रैकरदेखि मेहलकुनाको अस्पताल जम्मा २०-२५ मिनेटको दूरीमा मात्र थियो । झाडापखाला लागेपछि औषधि सेवन गर्दा ठिक होला भन्ने लाग्यो‚’ उनले भने‚ ‘समस्या झनै बढ्यो ।

    अस्पताल पनि समयमै लगिएको थियो तर बुहारीलाई बचाउन सकिएन । अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषण गरिदिए ।’

    मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या नदेखिएको उनको पनि उनले बताए ।

    चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र औषधिको मात्र भर पर्दा शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतबाट बुझिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मी प्रमुख वासुदेव पोखरेलले बताए ।

    यस्तै, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलवार आएको ५.९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ ।

    मङ्गलवार अपराह्न २ बजेर ४३ मिनेटमा आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्लाका सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् । ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए ।

    उनले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ-गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया