• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    847
    SHARES


    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अर्को  सुनुवाइलाई शुक्रबार हुने छ ।

    बुधबार(आज)देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    आज रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुने भएको छ । सम्भवतः शुक्रबार नै अदालतले एउटा निर्णय दिनेछ ।

    लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिई) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा-छुट्टै २ थान रिट निवेदन दर्ता भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ