• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती

    बाग्मती प्रदेशले टुङ्ग्यायाे आठ मन्त्रीकाे नाम (पूर्ण पाठ सहित)

    875
    SHARES



    मकवानपुर। बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन् ।

    एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशव पोख्रेलले प्रदेशको पशुपंक्षी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइने भएकाे छ । माओवादीकी सांसद कुमारी मोक्तानलाई फेरि सामाजिक विकास मन्त्री बनाइएको छ भने माओवादीका गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

    राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्ने छन् र पर्यटन, उद्योग तथा सहकारी मन्त्री त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि राप्रपाले नै पाउने छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ