• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मणिवाला सर्प भन्दै सुन र नगद ठगीको आरोपमा १ जना पक्राउ, २ फरार

    580
    SHARES



    दाङ । दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ का ३५ वर्षीय मोहमद सलमान रहेका छन् ।

    उनी लमही नगरपालिका-९ जलकुम्भीबाट पक्राउ परेका हुन् । राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाइ एक तोला सुनको गरगहना र नगद ठगी गरेको दाङ प्रहरीले बाताएको छ ।

    पीडितका आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले सलमानलाई पक्राउ गरेको हो । उनीसँग आएका अरु दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ रहेको छ ।

    यस्तै, धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

    गल्छी गाउँपालिका वडा नम्बर-६ मा एक पुरुष र थाक्रे गाउँपालिका महादेवबेसीबाट एक महिला पक्राउ परेका हुन् ।

    चरेस ल्याउँदै गरेको सूचनाको आधारमा लागु औषध ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले ३४ किलो ५ सय ग्रामसहित धादिङको गजुरी गाउँपालिका वडा नम्बर-८ का ३२ वर्षका वीरबहादुर तामाङ र थाक्रे गाउँपालिकाको महादेवबेसीबाट ८ किलोग्राम ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका-८ की ३५ वर्षकी लक्ष्मी पुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ