काठमाडौं । गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश फेरिएका छन् ।
यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा रहेका छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।
वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा रहेका थिए । यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् छन् ।
यस्तै, तानसेन-रिडी-तम्घास सडक खण्ड एक महिना बन्द भएको छ । मालमुल जोर्ते क्षेत्रमा सडक चाैडा पार्नका लागि सडक खण्ड हिजाेदेखि बन्द भएको हो ।
माघ १० गते हिजाेदेखि फागनु ९ गतेसम्म गाडी आवागमन बन्द गरेर सडक मर्मत र चौडा पार्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, दिउँसाे १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै गाडी आवतजावत बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताएका छन् ।
यसअघि पनि यस सडक खण्डमा पटक-पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो । याे सडक खण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् ।
यस सडक खण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका जनाइएक छन् ।
प्रतिक्रिया