काठमाडौँ। धनुषाको औरही खोलामा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननको विरोध गर्दा मारिएका ओमप्रकाश महतो (दिलीप) को मुद्दामा बुधबार धनुषा जिल्ला अदालतमा सुनुवाइ हुँदै छ ।
बुधबार जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासमा महतोको मुद्दाको पेसी तोकिएको हो ।
यसअघि मुद्दा दर्ता भएको करिब ३ वर्षमा मंसिर २८ गते सुनुवाइ भएको थियो । त्यसदिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाउनु परेको थियो ।
अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको आरोप छ ।
क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा-गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहाँबाट जीवित् फर्किएनन् ।
प्रतिक्रिया