काठमाण्डाै । जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो ।
परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह गरेको हो ।
पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीले अनुरोश गरेको छ ।
बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ ।
प्रतिक्रिया