• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘सुस्ता बचाउ’ अभियानका संयोजक गुरुङको उपचारका क्रममा निधन

    802
    SHARES



    काठमाण्डाै। नेपाली भूमि संरक्षणमा सङ्घर्षरत ‘सुस्ता बचाउ’ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ ।

    भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै १ महिनादेखि उपचाररत रहेका थिए ।

    गुरुङ्ग्को  उपचारको क्रममा रुपन्देहीको भैरहवा मेडिकल कलेजमा निधन भएको परिवारश्रोतले जनाएको छ ।

    नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध अभियानमा रहेका थिए ।

    यस्तै, सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उनको ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले बताए।

    इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थीए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले ले बताएका छन् ।

    आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया