• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    फिफा महिला विश्वकपको बल सिड्नीमा सार्वजनिक

    1.5K
    SHARES



    जेनेभा। सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ ।

    सह-आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।

    यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ । बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गरेका छन् ।

    ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अङ्गालेको छ जसले म्याच अधिकारीहरूलाई तत्काल डेटा प्रदान गर्दछ ।

    सन् २०२३ महिला विश्वकप जुलाई २० मा सुरु हुनेछ र उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ । उक्त खेल अगाट २० सिड्नीमा समापन हुनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ