काठमाडौं । पोखराबाट स्याङ्जा जान अनुमति लिएर उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए ।
तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर उडानमा पाइलटले यात्रुले दिएको लोकेसनमा सबैभन्दा सुरक्षित स्थान हेरेर अवतरण गराउने निर्णय लिन सक्छन् ।
तर, फुटबल खेल भइरहेको मैदानमा मानवीय गतिविधि हुने र यसले हेलिकोप्टरको सुरक्षामा जोखिम हुने जान्दाजान्दै अवतरण गराएपछि उनी कारवाहीको दायरामा आएका हुन् ।
यस्तै, गोरखामा नियम विपरीत नदिजन्य सामग्री ओसारपसार गरिरहेका १३ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार राति र मङ्गलवार बिहान जिल्लाका विभिन्न ठाउँबाट १३ वटा ट्रिपर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको जिल्लाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।
१० वटा ट्रिपर इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, एउटा जिल्ला प्रहरी कार्यालय र ३ वटा प्रहरी चौकी नयाँ साँघुको टोलीले नियन्त्रणमा लिएको उनले बताए ।
प्रतिक्रिया