• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मानव बेचबिखनमा पनि मनोज पाण्डे दोषी ठहर, ३ वर्ष जेल जाने

    1.7K
    SHARES



    काठमाडौं । मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डे ३ वर्ष जेल जाने भएका छन् ।

    काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत पाण्डेलाई दोषी ठहर गरेपछि उनी कम्तीमा तीन वर्ष जेल जाने भएका हुन् ।

    २०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो ।

    गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दुवै कसुरमा दोषी ठहर गरेका हुन् ।

    इजलासले पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिना कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

    त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।

    फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया