काठमाडौं । अभिनेता दिपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको समर्थन गर्दैै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा उल्टै बालेनले प्रश्न गरे ।
गिरीले राजनीतिक दलहरुलाई वर्षौंसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा ५ वर्ष कुरौं भनेर लेखेका छन् ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौँ अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’
प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, ‘बालेनहरु भनेको कतिजना हो ? बालेन जस्तै अरु पनि छन् ? छन भने किन ५ वर्ष कुर्नु ?’
पछिल्लो समय सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका कारणले पनि बालेन विवादमा तानिने गरेका छन् ।
प्रतिक्रिया