• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रामचन्द्र दाइ राष्ट्रिय सहमतिको गीत अचानक किन गाउनुभयो ?

    818
    SHARES


    काठमाडौं । नेकपा एमाालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गरेका छन् ।

    राष्ट्रिय सहमति एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने भन्दै उनले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह समेत गरे ।

    मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘मेरो सोधाई के छ भने रामचन्द्र दाइलाई पुस १० गते अगाडी त यो गीत गाउनु भएन । यो गीत अचानक किन आयो ?’

    राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुहुन्न भन्ने आफ्नो भनाइ नभएको उनले बताए । तर राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट नभएको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो, संवैधानिक प्रक्रियामा सहमति हो । पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो ।’

    उनले राष्ट्रपतिको निर्वाचन तोकिएको समयभित्रै हुनुपर्नेमा जोड दिए । केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘केही समस्या छ भने निर्वाचन आयोगले फुकाओस् र छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन होस् । एमालेसँग यसमा विवाद गर्नुपर्ने कुनै विषय छैन ।’

    यस्तै, प्रधानमन्त्री प्रचण्डले राप्रपाका मन्त्रीलाई स्पष्टीकरण सोध्ने भएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले गणतन्त्र, संघीयता विरुद्ध बोल्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने जवाफ दिएका छन् ।

    कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले संघीयताबारे सरकारको धारणा मागेकी थिइन् । जवाफमा प्रचण्डले मन्त्रीसँग स्पष्टीकरण लिने भन्दै मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका छन् ।

    एक टेलिभिजन कार्यक्रममा कानुन मन्त्री प्रधानले संघीयता खारेजी “मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर यहाँ सुनाउनुभयो। मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

    संघीयता खारेज गर्नुपर्‍यो भन्ने कुरा मन्त्रीले उठायो र सांसदले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ” प्रधानमन्त्रीले भने । प्रचण्डले मन्त्रिपरिषदमा रहेर संघीयता र लोकतन्त्र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नमिल्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, “मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रूपले हुन सक्दैन ।”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ