काठमाडौं । काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा एक सेनाका जवान मृत अवस्थामा भेटिएका छन् ।
नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेराज मैनाली बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन् ।
प्रतिक्रिया