• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

    0.9K
    SHARES


    बागलुङ। आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङका एक पुरुष पक्राउ परेका छन् ।

    बागलुङ काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

    गत असोज ६ गते बलात्कारमा परेकी ती छोरीले बाबु नभएको मौका पारेर माघ ६ गते मात्रै जिल्ला प्रहरीमा उजुरी गरेकी हुन् ।

    उजुरीपछि प्रहरीले ती व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको हो । आइतबार उनलाई प्रहरीले पक्राउ गरेर बागलुङ पुर्याएको छ ।

    प्रहरीले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको बताएको छ । घटना ५ महिनाअघि भए पनि डरधम्कीका कारण उजुरी गर्न नसकेकी पीडितले बाबु नभएको मौका पारेर उजुरी दिएकी हुन् ।

    पीडितको स्वास्थ्य परीक्षणपछि आमासँगै बसेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया