• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    स्पट फिक्सिङकाण्ड : ६ खेलको ३६ लाख आउँछ

    1K
    SHARES


    काठमाडौं । कीर्तिमानी क्रिकेटर मेहबुब आलमले नेपाल टी-२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको भेतिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार प्रतियोगितामा सहभागी एक बलर र एक ब्याटरलाई मेहबुबले प्रति खेल ६ देखि ८ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरेको पनि भेटिएको छ ।

    प्रहरीले मेहबुब र खेलाडीबीचको अडियो कुराकानी नै फेला पारेको छ । ‘६ खेलको भयो भने ३६ लाख हुन्छ, त्यो भनेको राम्रो पैसा हो,’ अडियोमा मेहबुबले नाम नखुलेका खेलाडीसँग भनेका छन् ।

    मेहबुबले प्रस्ताव गरेका दुई खेलाडीमध्ये एकजना मोहम्मद आदिल आलम थिए । अर्का खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन ।

    नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

    स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नताको तथ्य भेटिएपछि प्रहरीले मेहबुबलाई सोमबार विराटनगरबाट पक्राउ गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ