• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    खर काट्न निकुञ्जमा प्रवेश गरेकी जानकी बाघको आक्रमणबाट घाइते

    1.4K
    SHARES


    बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी एक महिला बाघको आक्रमणबाट घाइते भएकी छन् । ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट बाघको आक्रमणबाट घाइतेभएकी हुन् ।

    घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पथाइएको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मुकुन्द संजेलले बताए ।

    हिजो सोमवार पनि गैँडाको आक्रमणमा परि गेरुवा गाउँपालिकाका दुई जना सामान्य घाइते भएका निकुञ्जले जनाएको छ । उनि हरुको पनि नेपालगञ्जमा उपचार भइरहेको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जले हरेक वर्ष पुस वा माघ महिनामा मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि घर छाउने खर र गाइबस्तु बाँध्ने डोरीका लागि बाबियो काट्न खरखडाइका लागि निकुञ्ज प्रवेश खुला गर्ने गर्दा छ । यस वर्ष हिजो सोमवार र आज २ दिनका लागि निकुञ्ज प्रवेश खुला गरेको  थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ