• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    को हुन् तीं ब्यक्ति जसले गरे संसद भवनअघि आत्मदाहको प्रयास

    1.6K
    SHARES


    काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरे ।

    बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा सरिरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाहको प्रयास गरेका हुन् ।

    आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।

    ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ