• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    डडेल्धुरामा बहुमतका कार्यकर्ता माथि भएको आक्रमणको पार्टीले प्रतिरोध गर्ने

    838
    SHARES



    डडेल्धुरा। धर्मेन्द्र बास्तोला ‘कञ्चन’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ता माथि भएको आक्रमणको पार्टीले प्रतिरोध गर्ने भएको छ ।

    नेकपा बहुमत सेति महाकाली ब्युरो ईञ्चार्ज महानले एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनि दिएका छन् ।

    विज्ञप्तिमा भनिएको छ “डडेल्धुरा आलिताल गाउँपालिका वडा नं ८ को रजनि सामुदायिक वन उपभोक्ता समूह भित्रका केही बन माफियाहरुले आफ्नो स्वार्थ सिद्ध गर्न उपभोक्ता समूह बिच बारम्बार बिवाद सिर्जना गरीरहने बिषयमा हाम्रो महान तथा गौरबशाली पार्टीमा केही पिडित पक्षले सहजिकरण गरिदिन तथा न्याय दिलाई दिन अनुरोध गरे अनुसार जिल्ला बन कार्यालय तथा सव डिभिजन बन कार्यालय आलितालसंग समन्वय गरि बिवाद हल गराउने दौरानमा केही काठ तस्करहरुसंगको सहकार्यमा विप्लव समूहका सेक्रेटरी टिका राना मगरको नेतृत्वमा आएको अपराधिक जत्थाले हाम्रो पार्टीका युवा जनस्वयमसेवक सेति महाकाली संयोजक कैलाश थापा र सहित क प्रयासका बुवा नेकपा बहुमतका जिल्ला कमिटी सदस्य क धनजित बिष्ट माथि हातपात तथा अन्य कम्रेहरुलाई ज्यान मार्ने धम्की प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको र यस्ता गतिविधि सञ्चालन गर्ने लाई पार्टीले प्रतिरोध गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।”

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ