काठमाडौं । प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् ।
मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।
त्यस्तै, आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ ।
प्रतिक्रिया