• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माकांग्रेस नेता भन्छन् : माओवादीले हामीलाई राष्ट्रपतिमा समर्थनत गर्दैन तर सम्वादमा रहेका नेताको सम्भावना छ 

    308
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भैरहेको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।

    राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बैठक बोलाएका थिए । एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिए ।

    यसअघि पौडेलमात्र आकांक्षी देखिएका थिए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

    तर ६ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक बने । त्यस बेला उनलाई राष्ट्रपतिको आश्वासन दिइएको कांग्रेस नेताहरु बताउँछन् ।

    १० पुसमा गठबन्धन भत्कियो, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनायो ।

    सरकार गुमेपनि कांग्रेसले त्यही बेलादेखि राष्ट्रपति लिने गरी माओवादीसँग सम्बन्ध सुधार थालेको थियो । त्यही कारण २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि दियो ।

    नेताहरुका अनुसार त्यसको अघिल्लो दिन भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई विश्वासको मत दिए फेरि सहकार्यको आधार बन्ने र राष्ट्रपतिका लागि कोशिस गर्ने आश्वासन दिएका थिए ।

    त्यही आधारमा कांग्रेस नेताहरुले अहिले पनि राष्ट्रपति निर्वाचनसम्म परिस्थिति फेरिनसक्ने बताउने गरेका छन् । माओवादीका नेताहरुले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको र कांग्रेसलाई पनि सँगै लिएर जानुपर्ने बताउन थालेका छन् ।

    कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘माओवादीले राष्ट्रपतिमा हामीलाई समर्थन गर्छ भन्ने छैन । तर सम्वादमा रहेका नेताहरुले कोशिस गर्ने हो भन्नुभएको छ ।’

    पदाधिकारीको बैठकमा प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनबारे संविधान र ऐन बाझिएको विषय उठाएका थिए । तर सभापति देउवाले यो प्राविधिक विषय भन्दै पन्छाए ।

    स्रोतका अनुसार कांग्रेस वरिष्ठ नेता पौडेल, प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्वादमा रहेका छन् । कृष्ण सिटौलाले भने पार्टीले आफूलाई उम्मेदवार बनाएको अवस्थामा मात्र माओवादीलाई कन्भिस गर्न सहज हुने तर्क गर्ने गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया