• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माधव नेपाल भन्छन् : सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ

    0.9K
    SHARES



    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताएका छन् ।

    पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका परमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन पनि दिए ।

    उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए ।

    अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।

    नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले उक्त समुदायमा हुने गरेका अन्याय, अत्याचारका विरुद्ध सङ्गठनले देशभर अभियान सञ्चालनमा सक्रियता देखाउनुपर्ने पनि बताए ।

    पार्टीका अर्का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठनले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो सुझाव पेस गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचारप्रसारमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ