काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ । शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि सुरुङमार्गको काम रोकिएको हो ।
२० पुसमा गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको छ ।
क्रसरमा धोएको बालुवा अभावले सुरुङमार्ग खन्ने काम नै रोकिएकाले आयोजाको निर्माणमा थप ढिलाइ हुने अवस्था आएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
‘ठेकेदार कम्पनीले आपत्ति जनाएको छ, काम नै रोक्नुपर्ने अवस्था आउँदा पनि हामीले केही गर्न सकेनौं’ उनी भन्छन् ।
४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भइसकेको छ ।
प्रतिक्रिया