• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसभित्र किचलो

    255
    SHARES


    काठमाडौं । प्रधानमन्त्रिलाई विश्वास्कोमत दिएको दुई साता नबित्दै नेपाली कांग्रेसभित्र नेतृत्वको आलोचना शुरु भएको छ ।

    सरकारलाई किन विश्वासको मत दिने भन्ने विषय स्पष्ट नपारी दिइएको मतले अहिले कांग्रेसलाईनै पिरोलेको छ । सरकारलाई विश्वासको मत दिइसकेपछि प्रतिपक्षीको भूमिकामा बस्न नमिल्ने तर्क आइरहेका बेला कांग्रेसभित्र मतान्तर बढ्यो ।

    नेपाली कांग्रेसका नेता, सांसद डा. चन्द्र भण्डारीले पार्टीले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतबारे बृहत्त छलफल हुन नसकेको औँल्याएका हुन् । विश्वासको मत दिन हतार गरेको आरोप छ ।

    कांग्रेसले सभामुख र उपसभामुखमा आफ्नो उम्मेदवार उठाएर सरकारलाई दिएको विश्वासको मत फिर्ता लगिसकेको एमालेका सांसदहरु बतउँ छन् ।

    यता, संविधानविद्, अधिवक्ताहरु भने सरकारलाई समर्थन गरिसकेपछि प्रतिपक्षी दल बन्न नपाइने बताउँदै आएका थिए तर संसद सचिवालयले कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता पनि दिएको छ ।
    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार कांग्रेस अब प्रतिपक्षी दल बन्न नसक्ने दाबी गर्छन् ।

    संसदमा नेपाल मजदुर किसान पार्टीले आफूहरु प्रतिपक्षी दल रहेको भन्दै सोको मान्यता दिन संसद सचिवालयलाई पत्राचार गरेको छ । यता, अब आउने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसको भूमिकालाई चासोका साथ हेरिदै छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार बन्ने र सहयोग गर्न अन्य दलहरुसँग छलफल गरिने बताएका छन् ।

    कांग्रेसले अहिलेको अवस्थामा आफूलाई सही बाटोमा हिडाउन नसकेको टिप्पणी हुन थालेको छ । प्रचण्डले निर्वाचन ताकाको गठबन्धन भत्काएपछि प्रतिपक्षीमा बस्नुपर्नेमा विभिन्न राजनीतिक नियुक्ति र भागवण्डाको प्रलोभनले कांग्रेस गलत बाटोमा लागेको पार्टीभित्रकै शुभेच्छुकहरुको आरोप रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया