• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बँदेललाई थापेको पासोमा चितुवा परेपछि…

    1.4K
    SHARES


    दैलेख । बँदेललाई थापेको पासोमा परेर चितुवाको मरेको छ ।

    दुल्लु नगरपालिका-९ चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरेर दैलेख सदरमुकाम ल्याउदै गर्दा श्रीस्थानमा मरेको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए ।

    बँदेलका लागी थापेको पासोमा परेर चितुवा घाइते भएको भन्ने आइतवार बिहान खबर प्राप्त भएपछि बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काको टोलीले घटनास्थलबाट उद्धार गरेको ढकालले बताए ।

    ‘उद्दार गरिएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्ज लैजान गाडीमा आउदै थियौँ बाटैमा मर्‍याे । पशु अस्पतालमा पोष्टमार्टम गर्न लगाइयो,’ बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काले भने ।

    बँदेललाई थापेको पासोमा परेपछि चितुवा भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने भएको र त्यही दुखाइले चितुवा मरेको पशु चिकित्सक डा. खड्काले बताए ।

    उपचार गर्न खोजिएको चितुवा बाटैमा मरेको कारण राष्ट्रिय आखेटोपहार चितवनमा पठाउनका लागि मृत चितुवाको छाला काढेको र भित्री शरीर पशु अस्पताल दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जनाए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ