• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अछामका एक शिक्षक ८ दिनदेखि बेपत्ता

    1K
    SHARES


    अछाम। अछामको मंगलसेन नगरपालिका १३ बस्तीका जगत बहादुर साउद सम्पर्क बिहिन भएको ८ दिन बितिसक्दा पनि अझै अवस्था अज्ञात रहेको छ । यहि माघ २ गते बेलुका घरबाटै सम्पर्क विहिन भएका साउदको वडा नम्वर १३ र आसपासका स्थानमा निरन्तर खोजिकार्य गरिँदा पनि भेट्टाउन नसकिएको हो ।

    श्री शिब आधारभुत बिधालय बान्निका प्रधानाध्यापक समेत रहेका शिक्षक साउद एक्कासी मान्छे देखेपछि डराउने र अस्वभाविक हाउभाउ देखाउने गरेका थिए । मानसिक सन्तुलन गुमाएर एकोहोरो हिंडेको हुनसक्ने उनका भाई आनन्द साउदले बताए ।

    केहीदिन अघि ढकारी गाउँपालिका २ को झ्याकिसल्ला र बलाँताका विभिन्न स्थान तथा सुर्खेतको चौकुने गाउँपालिका १ को आसपासमा शिक्षक साउँदकै जस्तो हुलियाको मान्छे देखिएको भन्ने अपुष्ट खबर अनुसार प्रहरी र स्थानीय तथा जनप्रतिनिधिहरुको सम्पर्कमा खोजिकार्य भैरहेको छ ।

    सम्भावित सबै ठाउँमा खोजिकार्य गरिसक्दा समेत फेला नपरेको र निरन्तर वडानम्वर १३ का विभिन्न स्थान, ढकारी गाउँपालिकाको विभिन्न स्थानहरु, सुर्खेतको चौकुने गाउँपालिका, डोटीको कानाचौर आसपासमा पनि खोजिकार्यका लागि मान्छे खटिएका छन । माघ २ गते बेलुकाबाट बेपत्ता भएका साउदले प्रयोग गरेको फोन नम्वरमा ३ गते बेलुका सम्म फोन लागिरहेको र त्यसपछि स्वीच अफ रहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ