काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र ) र वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतबीच भेट भएको छ ।
सोनाम ल्होछारको दिन रूइतलाई भेट्न बालेन उनकै कार्यकक्ष पुगेका थिए । भेटमा महानगरको विभिन्न विषयमा छलफल भएको छ ।
बालेनलाई डा. रूइतले तिलगंगा आँखा अस्पताललाई अझै विस्तार गर्ने क्रममा रहेको भन्दै चासो दिएर महानगरको तर्फबाट सेयर हाल्न प्रस्ताव गरेका थिए ।
जवाफमा बालेनले सेयर हालेपछि महानगरबासीले अस्पतालमा केही सूविधा पाउनुपर्ने बताएका थिए । हेटौंडा सामुदायिक अस्पतालको उदाहरण दिँदै मेयर साहले काठमाडौंमा यस्तै गर्न सकिने बताएका थिए ।
महानगरको वडा वडामा स्वास्थ्य अवस्थाबारे रूइतले चासो देखाएका थिए भने उनले स्वास्थ्यकर्मीहरुलाई तलब मात्रै नभइ कामको आधारमा मूल्यांकन गर्नुपर्ने पनि बताएका थिए ।
प्रतिक्रिया