• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रास्वपाको जिम्मेवारी परित्यागपछि उपसभामुख रानामगरले गरिन् पदभार ग्रहण

    495
    SHARES


    काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले आज पदभार ग्रहण गरेकी छन् ।

    संसद्‍ सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराएपछि उपसभामुख रानामगरले पदभार ग्रहण गरेकी हुन् ।

    ‘संवैधानिक परिषद्का सदस्यका रूपमा निर्णायक भूमिका खेल्छु । सभामुखको समन्वयमा विधेयक र कानुन निर्माणमा काम गर्नेछु,’ रानाले भनिन् ।

    शपथग्रहणअघि रानाले राष्ट्रिय स्वतन्त्र पार्टीको सबै जिम्मेवारी परित्याग गरेकी थिइन् । सत्ता गठबन्धनले उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो ।

    शनिबार भएको निर्वाचनमा राना कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया