काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ जनामा कोरोना भैरसको संक्रमण पुष्टि भएको छ ।
२ सय ८६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १ र १ हजार ३४२ एन्टिजेन विधिबाट परीक्षण गर्दा १ गरि जम्मा २ जना कारोना संक्रमित थपिएका हुन् ।
आज कोरोनाका कारण देशभर कसैको पनि मृत्यु नभएको जनाइएको छ । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् ।
यस्तै सोहि अवधिमा १ हजार १ सय ३५ जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया