• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मेरो कार्यकालमा कुनैपनि खालका भ्रष्टाचार हुन दिन्न : स्वास्थ्यमन्त्री गिरी

    1.2K
    SHARES


    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा नीतिगत लगायत कुनै पनि खालका भ्रष्टाचार हुन नदिने प्रतिबद्दता ब्यक्त गरे ।

    सोमबार स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन् । मन्त्री गिरीले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सेटिङ गरी नीतिगत्त भ्रष्टाचार हुन्छ भन्ने गुञ्जाय शून्य हुने पनि दावी गरे । ‘मेरो कार्यकालमा प्रत्येक कुरा पार्दशी हुन्छ । जनताको रगत पसिनाको थोपाले प्राप्त गरेको राजश्व कतैबाट पनि चुवावट र दुरुपयोग हुँदैन’ उनले भने ।

    मन्त्री गिरीले यो क्षेत्रमा स्वास्थ्य पूर्वाधार, जनशक्ति र भौतिक संरचनाको तालमेललाई मिलाएर अगाडि बढ्ने बताएका छन् । देशभरका स्वास्थ्य संस्था र अस्पतालको वैज्ञानिक तरिकाबाट अध्ययन गरी आवश्यकताको आधारमा पूर्वाधारलाई विकास गर्न ठोस योजना बनाएर अघि बढ्ने उनको भनाई छ ।

    सो कार्यक्रममा मन्त्री गिरीले राज्यमन्त्री डा.तोसिमा कार्की र आफु बीचमा मिडियामा आएझै समस्या नरहेको पनि प्रष्ट पारेका हुन् । ‘काम गर्ने क्रममा राज्यमन्त्रीज्यू र म सँगसँगै सहकार्य गरेर अगाडि बढेका छौँ । उहाँमा पनि स्वास्थ्य क्षेत्रलाई अझै राम्रो बनाउने हुट्हुटी छ, हामी सहकार्य गर्दै अघि बढ्छौं’ उनले भनेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ