• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल एयरलायन्सका ३ पाइलट कारबाहीमा, यस्तो छ कारण

    3.1K
    SHARES



    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ । प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो ।

    गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल एटीसीको निर्देशनसमेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जना पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको थियो ।

    प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको पुष्टि गरेका हुन् ।

    हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका ती पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्रवक्ता निरौलाले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया