काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिए ।
निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना गर्दै काम गर्न नसके राजीनामा दिएर जान पनि भने ।
किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ?’ उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’
वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने,‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् ?’
उनले अघि भने,‘ सबैको नजर भएको निगमलाई बनाउनु पर्छ, मबाट कसैलाई भेदभाव हुँदैन, मलाई काम चाइयो, निगमले परिणाम देओस् ।’
उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।
प्रतिक्रिया