• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काफलगौरमा जीप दुर्घटना, १ जनाको मृत्यु, ७ घाइते

    840
    SHARES



    काठमाडौं। म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने सात जना घाइते भएका छन् ।

    जिल्लाको मंगला गाउँपालिका २ काफलगौरमा आज दिउँसो जीप दुर्घटनामा पर्दा मंगला १ की ६० वर्षीया फौमाया गर्बुजाको ज्यान गएको हो ।

    प्रहरी निरीक्षक राजन ढकालका अनुसार घाईते गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    थाइवाङबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा मंगला-२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ