• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सरुवा हुँदा बेड, बिस्तारा बोक्नुपर्ने बाध्यता अन्त्य गर्छु: आईजीपी अर्याल

    1.1K
    SHARES



    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका छन् ।

    सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा आईजीपी अर्यालले भने- ‘सरुवा भएर जाँदा बेड, विस्तारा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ ।’

    भौतिक सुविधा न्युन हुँदा सशस्त्र प्रहरीका तल्लो तलका कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा बेड, बिस्तारा लिएर जान बाध्य छन् । ‘फिल्डमा समस्या र प्रतिकूलता रहेको मलाई थाहा छ’ आईजीपी अर्यालले भने- ‘त्यसका बाबजुद, प्रत्येक कमाण्डरले नैतिकवान भएर असल आचरण प्रदर्शन गर्नुपर्छ ।’

    स्थापना दिवसमा सकल दर्जालाई सम्बोधन गर्दै अर्यालले भने-‘स्रोत साधनको सीमितताको निहुँमा कर्तव्यबाट विमुख हुने छुट हामी मध्येका कसैलाई छैन ।’ विद्यमान ऐन तथा नियमावलीमा समय सापेक्ष सुधार गर्दै लैजाने अर्यालले बताए ।

    उनले भने- ‘जवानमा भर्ना भएका व्यक्ति कम्तिमा जुनियर अधिकृत र अधिकृमा भर्ना भएको व्यक्ति अवकाश हुँदासम्म प्रथम श्रेणीमा पुग्नेगरी ऐन नियमावलीमा सशोधन शुरु गरिएको छ ।’

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको बताएका छन् ।

    सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका हुन्  ।

    बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘प्रदेशहरू आफैँमा स्वायत्त तह हुन् । उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि ।

    तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ । तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ