• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    पुष्पलाल स्मृती ब्याडमिन्टन फागुनमा

    342
    SHARES


    काठमाडौं । पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको १२ औं संस्करण आगामी फागुनमा आयोजना हुने छ ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा नेपाल खेलकुद महासंघ अन्तरगतको नेकोस राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगिताको ११ औं संस्करण फागुन २ देखि ७ गते सम्म आयोजना हुने भएको हो ।

    यस संस्करणको प्रतियोगिता विराटनगर आयोजना हुनेछ । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६ औं स्थानमा रहेका ), पुरुष एकल (१६ औ वरीयता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं वरीयता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्ष माथि र मास्टर्स ५५ वर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुनेछ ।

    लिग चरणको पुरुष एकल ( राष्ट्रिय वरीयतामा १६ औं स्थानमा रहेका ) र महिला एकल ( १२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गर्ने छन्।

    यस्तै लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गर्ने छन् । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन् ।

    यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया