• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपसभामुख इन्दिरा राना पार्टीको जिम्मेवारीबाट अलग

    1K
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सा‌ंगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

    पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानाले सो घोषणा गरेकी हुन् ।

    उनले भनेकी छन्, ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’

    राना गत माघ ७ गते प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ