काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक केहि बेरमा बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुनेछ । आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको पनि बताएका थिए ।
प्रतिक्रिया