• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डान्स क्लबमा गोली चल्दा १० जनाको मृत्यु, १० घाइते

    296
    SHARES


    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन् ।

    क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

    मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

    उक्त क्लबमा गोली चलाएका ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए । तर त्यहाँबाट सेतो भ्यानमा भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा हालेको थियो । घटना गराउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान हुन् । सशस्त्र टोलीको घेरामा परेपछि उनले  भ्यानमै आत्मा हत्या गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया