• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पुलिसको घेरामा परेपछि लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिले गरे भ्यानमै आत्महत्या

    750
    SHARES


    काठमाडौं । लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले आफैंलाई गोली हानेका छन् । पुलिसले घेरा हालेपछि उनले आफ्नै भ्यानमा गोली हानेको प्रहरीले जनाएको छ ।

    शनिबार राति अमेरिकाको लस एन्जलसको बलरूम डान्स क्लबमा गोली चलेको हो । यस गोलीकाण्डमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने १० भन्दा बढी घाइते भएका छन् ।

    त्यसयता प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । प्रहरीले शंकास्पदलाई घेराबन्दी गरेको थियो । त्यसपछि उनले प्रहरीबाट बच्न भ्यानमै गोली हानेका थिए ।

    प्रहरीले भ्यानमा म्यागजिन लोड गरिएको अर्ध-स्वचालित पेस्तोल पनि फेला पारेको छ । उक्त हतियार प्रहरीले लस एन्जलस गोलीकाण्डमा प्रयोग भएको आशंका गरेको छ। यद्यपि यसबारे प्रहरीले कुनै पुष्टि गरेको छैन ।

    स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएका हुन् ।

    लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरुले शनिबार राति १०बजेर २० मिनेट जाँदा आपतकालिन कलको जवाफ दिएका थिए ।

    लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।

    मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन् ।

    बन्दूक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको संयुक्त राज्य अमेरिकामा सामुहिकरूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ