• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज रातिदेखि पानी पर्ने सम्भावना

    1.4K
    SHARES



    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको छ ।​

    हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोसम्म पनि मौसम सफा रहनेछ ।

    आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ