• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सर्वोच्चको फैसलापछि स्वास्थ्यमन्त्री पदबाट बर्खास्त

    1.3K
    SHARES



    इजरायल। इजरायली स्वास्थ्यमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् ।

    सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो ।

    प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, “भारी मन अर्थात् दुःख र अत्यन्त कठिन भावनाका साथ म तपाईंलाई मन्त्रीबाट हटाउन बाध्य भएको छु ।”

    इजरायलमा नोभेम्बर १ मा भएको निर्वाचनपछि गठबन्धन सम्झौताअन्तर्गत गत महिना दक्षिणपन्थी यहुदी पार्टी (शास) का नेता डेरीलाई स्वास्थ्य तथा आन्तरिक मन्त्री नियुक्त गरिएको थियो ।

    न्यायाधीशहरूले डेरीले हल्का सजाय पाउनका लागि राजनीतिबाट राजीनामा दिन चाहेको जस्तो देखिएको बताएका छन् ।

    वरिष्ठ राजनीतिज्ञलाई एक लाख ८० हजार शेकेल (करिब ५० हजार अमेरिकी डलर) जरिवाना गरिएको थियो र उनले आफ्नो संसदीय सीट त्यागेका थियो तर नोभेम्बरको चुनावमा उनले फेरि प्रतिस्पर्धा गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ