काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् ।
बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् । फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन् ।
अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खल्नु पर्ने छ । फाइनल खेल बुधबार हुने बएको छ । यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।
प्रतियोगितामा नेपालबाट समान ३-३ पुरुष-महिला खेलाडी गरि ६ जनाएको सहभागिता छ ।
प्रतिक्रिया