• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जनकपुरका २० वर्षीय रोहित र २२ वर्षीय विष्णु शाहको अपहरणपछि भारतमा हत्या

    710
    SHARES


    काठमाडौं । जनकपुरबाट अपहरण गरेर भारतमा दुई युवकको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    नेपालमा दुईजना र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए ।

    पक्राउ पर्नेमा महोत्तरी मनरा सिसवा नगरपालिका-२ घर भएका २४ वर्षीय किसनकुमार पण्डित र २४ वर्षीय मुकेश पासवान रहेका छन् । ३ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

    पुष २७ मा जनकपुरधाम उपमहानगरपालिका-८ घर भएका २० वर्षीय रोहित साह र उपमहानगर-१३ घर भएका २२ वर्षीय विष्णु शाह हराएका थिए ।

    पुष २९ मा भारतबाट अपहरणकारीले फोन गरेर १० लाख रुपैयाँ फिरौंती मागेका थिए । बार्गेनिङ गर्दै अपहरणकारीले ५० लाखसम्म फिरौंती मागेका धनुषाका एसपी विश्वराज खड्काले बताए ।

    भारत बिहारको सितामढी जेला थाना पर्सागाउँ बिहारमा अपहरित दुई जनाको शव भेटिएको छ । भारत सितामढीबाट उनीहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी क्षेत्रीले बताए । अपहरण र हत्यामा संलग्न ४ जना अझै फरार रहेका छन् ।

    अपहरणकारीहरुले फिरौंतीको रकम लिएर अपहरणमा परेका परिवारजनलाई सर्लाहीको मलंगवा नाकामा आउन भनेका थिए । तर, एकाएक अपहरणकारीको मोबाइल अफ भएको थियो ।

    प्राविधिक अनुसन्धानबाट सिसौटीया नाका नजिकै एउटा घरको कम्पाउण्डमा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पोष्टर्मटम रिपोर्ट भने आएको छैन् । प्रहरीले मृतकहरुको शव आइतबार नै नेपाल ल्याउने प्रयास गरिरहेको बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया