• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अन्तरीक्षयात्री एड्रिनले गरे ९३ बर्षमा चौथो विवाह, भन्छन्-‘किशोर प्रेमीको जस्तै अनुभव भएको छ’

    1K
    SHARES


    काठमाडौँ। विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका छन् । लामो समयदेखि प्रेमिका रहेकी एन्क फाउरसँग उनीले विवाह गरेका हुन् । फाउर ६३ वर्षकी रहेकी छिन् ।

    एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । अमेरिकी सञ्चार माध्यमहरुले सानो निजी समारोहमा एड्रिनको विवाह भएको जनाएका छन् । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए । तर उनीहरूसँग पारपाचुके पनि भइसकेको छ ।

    उनीहरूबाट एड्रिनका तीन सन्तान रहेका छन् । विवाहको बारेमा ट्विट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् ।

    एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए। आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्षयात्रीबाट सेवानिवृत हुनुअघि १२ दिन अन्तरीक्षमै बिताएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ