टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने सोचमा रहेको जनाएको छ ।
किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको पनि बताएको छ । जापानमा अझै पनि प्रति दिन एक लाख कोरोनाभाइरस सङ्क्रमणहरु देखा पर्ने गरेको सीएनएनले बताएको छ ।
जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ र यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर रहिको छ । यसबाहेक, अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएका सीएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
‘कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पुर्याउनक लागि, हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्नेछौं,’ किशिदाले भने ।
प्रतिक्रिया