• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    २५ वर्ष पुरानो जहाज बेचेर एटीआर खरिद गर्ने तयारीमा बुद्ध एयर

    1.9K
    SHARES


    काठमाडौँ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ ।

    कम्पनीले आफ्नो हवाई सेवाको शुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।

    बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र सन् १९९८ मा ’नाइन एन एईडब्लूु दुईवटा जहाज खरिद गरेको थियो ।

    २५ वर्षअघि प्रतिएयरक्राफ्ट ४.५ मिलियन अमेरिकी डलरमा खरिद गरिएको उक्त जहाज क्यानडियन कम्पनीलाई बिक्री गर्न लागिएको बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए ।

    पुरानो जहाजको मर्मत खर्च तथा व्यवस्थापनमा समस्या भएपछि कम्पनीले आफ्नो पुरानो जहाज बेच्न लागेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया