• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाडी दुर्घटनामा परि मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी, यस्तो छ दुर्घटनाको कारण

    6K
    SHARES



    काठमाडौँ । आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोला नजिक भएको जिप दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी रहेका छन् ।

    मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-७ बस्ने दैलेख भैरवी गाउँपालिकाका २७ वर्षीया सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही, दैलेख डुङगेश्वर गाउँपालिका-३ का ३३ वर्षीय दिपेन्द्रजङ्ग शाही, गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

    उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठले बताए । यस्तै गाडीमा सवार भैरवीकै वीरेन्द्रबहादुर शाही घाइते भएका छन् । मृतकमध्ये सागरले वीरेन्द्रनगरमा रारा मेडिकल सप्लायर्र्स चलाउँदै आएका थिए भने बाँकी तीन जना सम्बन्धित पालिकाको स्वास्थ्य संयोजक रहका थिए ।

    रत्न राजमार्गमा छिन्चुदेखि वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को उक्त जिप आइतबार बिहान साढे २ बजे झुप्रा खोला नजिक दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडी सडकदेखि करिब २० मिटर तल खसेको थियो ।

    भगवतीमाई गाउँपालिकाका संयोजक समेत रहेका बबिनको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारको क्रममा बिहान ५ बजेतिर मृत्यु भएको थियो । डुङगेश्वर गाउँपालिकाको स्वास्थ्य संयोजक दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट लागेको थियो भने गुराँस गाउँपालिका स्वास्थ्य संयो बिसीको पनि टाउको, शरीरको विभिन्न भागमा चोट देखिएको जनाइएको छ ।

    शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले एचएमआइएस, भिएसआइएस, इएलएस सम्बन्धी तीन दिने समीक्षा गोष्ठीको प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको थियो । उक्त गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरुलाई बोलाइएको थियो । उनीहरु पनि सोही गोष्ठीमा सहभागी हुन् गएका थिए ।

    उनीहरुले मदिरा सेवन समेत गरेको प्रहरीको भनाइ छ । प्रदेश अस्पतालमा उपचारत घाइते वीरेन्द्रले भने,‘गाडी स्पिडमा पनि थिएन, हस्सु पनि लागको थियो, गीत सुन्दै यात्रा गरिरहँदा, खै एक्कासी के भयो भयो, गाडी खसेपछि म सडकको साइडवालतिर परेछु, जसोतसो गरी उठेजस्तो लाग्छ, पछि प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया